मेलम्ची । मेलम्ची नगरपालिकाको मेयरका उम्मेदवार आइतमान तामाङले आज मेलम्ची १, र २ मा घरदैलो गर्दै आम नागरीकसंग साक्षत्कार गरेका छन । नेपाली कांग्रेसबाट मेयरमा र राप्रपाबाट उपमेयरमा तालमेल भएपछी हिजोबाट घरदैलो अभियान सुरु भएको हो ।

घरदैलो कार्यक्रममा युवाहरुले साथ दीएका छन् भने अग्रज तथा दिग्गजहरुले तामाङलाई आर्शीवाद दिएका छन् । आज नगरपालीकाको वडा नम्बर १, र २ मा मेयर पदका उम्मेदवार आइतमान तामाङ र उपमेयर पदको उम्मेदवार कुमारी तामाङले संयुक्त रुपमा घरदैलो गरेका हुन् । आजको घरदैलो कार्यक्रममा क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनीधी सागर कुमार श्रेष्ठ, नगर सभापती बसन्त गुरुङ लगाएतका नेताहरुको पनि सहभागीता रहेको थियो ।

तालमेल पदको लागी मात्र नभई जनतामैत्री सेवा दीने उदेश्यले नै गरेको तामाङले बताए । नगरमा तालमेल गरेपनि वडा तहमा मित्रवत प्रतिस्पर्धा गरेर जाने पनि उनले जानकारी दिए । कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै नागरीकको जिवनस्तरमा परीवर्तन ल्याउनु नै आजको आवश्यकता भएको तामाङले बताएका छन ।

जनताको घरदैलोमा भोट माग्न मात्र नभई जनताको हर सुखदुखमा साथ दिन आफु संधै तयार भएको पनि उनले बताए । आम जनताको माग सम्बोधन गर्न पदमा नहुंदा पनि गरीरहेको उनले जानकारी दिए । यस्तै घरदैलो कार्यक्रममा उपमेयर पदको उम्मेदवार कुमारी तामाङले कम्युनीष्टको हातमा सत्ता दिँदा सम्हाल्न नसकेकोले यसपटक मेलम्ची नगरपालीकामा कांग्रेस र राप्रपालाई स्थानीय सरकार सञ्चालनको अधिकार दिन आग्रह गरिन ।

मेयरका उम्मेदवार तामाङले यसपटक आफुलाई नगरपालीकाको नेतृत्व गर्ने अवसर दिन नागरीकसंग आग्रह समेत गरे । नगरपालीकाको दिगो विकास र नागरीकमैत्रि सेवाको लागी आफुलाई अमुल्य मतदान गर्न उनले आग्रह गरेका हुन ।

घरदैलोका क्रममा तामाङलाई ज्येष्ठ नागरिकहरुले टीका र फुलमाला लगाई आर्शीवाद दिएका छन् भने अन्य दलका नेता तथा कार्यकर्ताहरुले पनि सौहार्दता देखाएका छन् । ज्येष्ठ नागरिकले तामाङकोे शीरमा हात राखेर आर्शीवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!