
ज्यामिरे । मेलम्ची नगरपालीकाको वडा नम्बर ९ मा नेपाली कांग्रेसको तर्फबाट किरणदीप खड्काले उम्मेदवारी दिएका छन । आम नागरीकले विकास हुन्छ भन्ने आशाका साथ जाहेर गरेको मतलाई सम्मान गरी निरास हुने वातावरण सृजना नगर्ने खड्काले बताए ।
अघिल्लो पटक आएका जनप्रतीनीधीले गर्न बाँकी रहेका कामहरुलाई पुर्णता दिंदै अगामी दीनमा थप विकासका खाका तयार गरेर जाने उनले बताएका छन । समृद्ध मेलम्ची बनाउनको लागी वडा नम्बर ९ को ज्यामीरेबाट खड्काले उम्मेदवारी दिएका हुन ।
यसपटक वडामा नेतृत्व गर्ने अवसर जनताले प्रदान गरेमा धार्मीक सम्पदाहरुको निर्माण तथा मर्मत सम्भार गरी धार्मीक पर्यटन विकास गर्ने, वडामा सञ्चालीत स्वास्थ्य संस्थामा सबै नागरीकको पहुंच पु¥याई स्वास्थ्य सेवालाई निशुल्क बनाउने, सिपमुलक तालीम र स्वरोजगार सृजना गरी समृद्ध समाज निर्माणमा विषेश जाडे दीने खड्काले प्रतिबद्वता ब्यक्त गरे । साथै खेतीयोग्य जमीनमा सिंचाईको व्यावस्था गरी भुगोल छनौट गरेर कृषि प्रणालीलाइ आधुनीकीकरण गर्दै जाने पनि उनले बताएका छन ।
वडालाई भ्रष्टाचारमुक्त बनाई पारदर्शी र जवाफदेही वडा बनाउने, वडामा खेलमैदानको निर्माण गरी खेल र खेलाडीको विकासमा विषेश योजना ल्याउने, युवालाई रोजगारीको अवसर सृजना गरी आत्मनीर्भर बनाउने, हरेक टोलमा सामुदायीक भवन र एक घर एक धारा आफ्नो पहीलो प्राथमीकतामा, गुफा डाँडा लगाएतका पर्यटनको सम्भावना बोकेका ठाँउहरुको पहीचान गरी त्यसको विकासमा विषेश योजना बनाउने, विद्यालय सुधारको योजना ल्याई वडामा गुणस्तरीय शिक्षा लीनसक्ने बनाउन आफुले विषेश भुमीका खेल्ने उनले जानकारी दिए ।
खड्काले भने “जनप्रतीनीधीले कर्तब्य पूरा गरेको जवाफ दिने मतदातालाई हो । तर, विकासको आशले भोट दिने मतदाताले अबको स्थानीय सरकारबाट तिब्र विकासको अपेक्षा गर्नेछन् । चुनावका क्रममा केही जनता यो चुनावबाट आउने सरकारप्रति निकै आशावादी देखिएका हुन्छन् । यो चुनाव पछि आफनो ठाँउमा केही विकास होला भन्ने अपेक्षामा नागरीकले मत दीन्छन । कसैले आफ्नो घरको धारामा पानी आउने सपमा देखेका छन् भने कसैले ढल बन्ने । कसैले आफ्ना छोराछोरीले रोजगार पाउने आशा बोकेका पनि बोकेका छन् । अव नागरीकले खोज्ने भनेको परीवर्तन नै हा । हरेक मतदताले आफ्नो टोलमा भएका समस्याहरु समाधान होस भन्ने चाहन्छन । स्थानीय सरकारको नेतृत्व गर्ने व्यक्ती सक्षम भयो भने धेरै कामहरु हुन सक्छ, अबको ५ वर्षलाई सही रुपमा सदुपयोग गर्ने हो भने नागरीकको जिवनस्तरमा सुधार आउनेमा दुईमत नै छैन् । गाँउमा नै केही गर्छु भन्ने युवाको लागी रामे कार्यक्रम ल्याउन सकीयो भने बैदेशीक रोजगारीमा जानेको संख्यामा पनि कमी आँउछ यसका साथै गाँउ आफैंमा आत्मनीर्भर पनि बन्न सक्छ ।”
मेलम्ची नगरपालीकाको वडा नम्बर ९ मा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कमल बहादुर खड्काले विजय प्राप्त गरेका थिए ।