मेलम्ची । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चिर्वाचन नजिकिएसँगै उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् ।

उम्मेदवारहरुले आफूलाई अब्बल साबित गर्न र विपक्षीलाई कमजोर बनाउन अनेक हतकण्ठा अपनाउँछन् । निर्वाचन जित्न र मतदातालाई प्रभावित पार्न उम्मेदवारहरुले ‘मनि र मसल’कोसमेत प्रयोग गर्छन् । यसमध्येकै एक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार अमृत खनालले एक महिलाकाे खुट्टामा पैसा राखेर ढोगेको फोटो बाहिरिएपछि विभिन्न टिका टिप्पणी भइरहेका छन् । विपक्षीले यसलाई चुनावी एजेण्डा नै बनाएर प्रचार गरिरहेका छन् ।

साेमबार बिहान खनाल कार्यकर्तासँगै चुनाव प्रचार प्रसारको क्रममा घरदैलो अभियानमा थिए । सोहीअनुसार उनी आज बिहान ९ नम्बरकाे सीमा नजिक पुगे । त्यहाँ उनकी फुपुको घर छ । उनी ९ नम्बर वडामा रहेकी फुपुकाे घरमा पुगे । र, हिन्दु संस्कारअनुसार फुपुकाे खुट्टा ढाेगे । हिन्दु संस्कारअनुसार खाली हात ढाेग्ने चलन छैन् । उनले पनि फुपुबाट आर्शिवाद लिए र एक हजार रुपैयाँ राखेर फुपुकाे खुट्टा ढोगे ।

‘उहाँ मेरो फुपु दिदी । आज घरदैलोमा पुग्यौं । हिन्दु धर्मअनुसार खाली हात, के खुट्टा ढोगौं भनौं भनेर । विपक्षीले उहाँहरुले तोडमोड गरेर प्रचार गर्नुभयो,’ उनले भने, ‘उहाँ ९ नम्बरको मतदाता हो । उहाँको घर सिमानामा थियो । त्यही भएर भेटघाट गर्न गएको थिएँ ।’

खनालले आफू तीन दलविरुद्ध एक्लै अब्बल रहेकोले पैसाकाे प्रयाेग नगर्नेसमेत दाबी गरे । उनले माओवादी केन्द्र, नेकपा एमाले र राप्रपासँग कांग्रेस एक्लै चुनावमा खडा भएकाले उनीहरुले गलत प्रचार गरेको बताए । उनले आफू मतदाताको प्रिय भएको बताउँदै राजनीतिका नाममा हिन्दुधर्मप्रतिको आश्थालाई गलत प्रयोग नगर्न आग्रह गरे ।

यसबारे उनले यसरी स्पष्ट पारे

आफ्नो संस्कृति, हिन्दु परम्परा अनुसार आफ्नो फुपूको खुट्टो ढोगेपछि दक्षीणा दिने चलन परापूर्वकालदेखि नै चलिआएको हो । चुनावको समयमा यसलाई भ्रम छर्न विभिन्न आरोपका साथ विपक्षीले प्रपोगाण्डा बनाउनु नौलो कुरा र नौलो विषय हुदैँ होइन । कांग्रेस एकमात्र यस्तो पार्टी हो जसले आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षण र सम्मान गर्दै आएको छ । म मेलम्ची वडा नं. १० का कांग्रेस पार्टीबाट उम्मेदवारको रुपमा चुनाव अभियानसहित घरदैलो कार्यक्रमा फुपूको घर पुग्दा आशिर्वाद लिएको हुँ । फुपूले आशिर्वाद दिएपछि मेरो परम्परा अनुसार खुट्टा ढोग्दै दिदीलाई दक्षीणा दिनु गलत हो ? मेरो परम्पराले फुपूले टिका लगाएपछि खाली हात राख्दैन । तपाँई आफ्नो घरको परम्परा र संस्कृति सम्झनुहोस् ? म एक हिन्दु धर्मप्रति आस्था राख्ने व्यक्तिको लागि के यो गलत परम्परा हो ? आफ्नो फुपू बाहेक अन्यत्र कतै पैसा दिएको प्रमाण दिन सक्छ कसैले ? र फूपू पनि मेलम्ची नगरपालिका वडा नं १० को मतदाता नभएको पनि जानकारी गराउँछु। यसलाई भ्रम छरेर गतल सूचनाको आधारमा तथ्य विहीन समाचार सम्प्रेषण नर्गनुहुन सम्पूर्ण सञ्चारमाध्यमा हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!