सिन्धुपाल्चोकका राजनीतिक दलहरूले आचारसंहिता विपरीत प्रयोग गरिएका प्रचारसामाग्री २४ घण्टाभित्र हटाउने प्रतिवद्धता जनाएका छन् । सोमबार सिन्धुपाल्चोकको मेलम्चीमा बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा दलहरूले सो प्रतिवद्धता जनाएका हुन् ।

मेलम्चीमा दलहरूले सार्वजनिक स्थलमा चुनाव चिन्ह प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्तेलेखन, नियमानुसार भन्दा धेरै सवारी साधन प्रयोग सिन्धुपाल्चोकका प्रमुख आचारसंहिता उल्लङ्घनका क्रियाकलाप हुन् । राजनीतिक दलले पनि अस्वभाविक रुपमा परम्परागत ढंगले प्रचारप्रसार गरेको स्वीकार गरेका छन् ।

जानिनजागी आजसम्म भएका जतिपनी गतिविधि छन् त्यो बन्द गरेर आगामी दिनमा आचारसंहिता उल्लंघन हुनेगरी कुनैपनी क्रियाकपाल नगर्ने प्रतिबद्धता जनाएका घिमिरेले जानकारी दिनुभयो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, सहित नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकमा क्रियाशील रहेका प्रमुख राजनैतिक दल हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, उन्नत लोकतन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन लगायतका दल पनि सिन्धुपाल्चोकमा क्रियाशील छन् । उनीहरूमा दलगत प्रतिष्पर्धा संगै गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरुले पनि आफ्नो गतिविधि बढाएका छन् ।

मेलम्चीमा काङ्ग्रेस र राप्रपा, नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्र गठबन्धनमा छन् भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा होमिएको छ । दलहरूले अबको २४ घण्टाभित्र आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन मञ्जुर गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!