
क्याैरानी । पाँच बर्षमा के बिकास गर्नुभयाे भन्दै एमाले बाट वडा अध्यक्षका उम्मेदवार ठंकराज गिरिलाई युवाहरूले झपारेका छन । मेलम्ची नगरपालिका वडा नं ८ बाट एक कार्यकाल पूरा गरि पुन उम्मेदवार बनेका गिरिलाई स्थानिय युवाहरूले बाटाेमै झपारेकाे भिडियाे सामाजिक सञ्जालमा भाईरल भएकाे छ ।
वडा अध्यक्षकाे टाेलमा मात्र बिकास गरेकाे र समानुपातिक बिकास नगरेकाे भन्दै उनिहरूले आक्राेस ब्यक्त गरेका हुन । पाँचबर्ष शासन दिँदा पनि केहि माखाे नमारेकाे उनिहरूकाे गुनासाे थियाे ।
नेपाली कांग्रेस टोल इकाई कमिटीको उपस्थितमा ५ वर्ष भित्र के के काम गर्नु भो र अब भोट माग्ने आधार के ? भनेर प्रस्न गर्दा उम्मेदवार ठंकराज गिरिले केही जवाफ नदिइ हिँडेकाे सार्वजनिक भएकाे भिडियाेमा देखिएकाे छ ।