नवलपुर । देशभर स्थानीय तहको निर्वाचनले माहोत तातीएको छ । विभिन्न राजनीतीक दलका उम्मेदवारहरु आ आफनो ठाँउमा जनतासँग भोट माग्नमा व्यस्त रहेका छन् ।
तर यता, सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं ६ का युवाहरुले भने भोट माग्न आउने उम्मेदवारहरुलाई ‘नो भोट’ भन्न थालेका छन् । युवाहरुले ‘नो भोट अभियान’ नै चलाएका छन् ।

२०७२ साल बैशाख १२ गतेको महा भुकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लामा अझैपनि धेरै पीडितहरु आवास निर्माणबाट बञ्चित छन् । भुकम्पपछि सरकारले एक मापदन्डमा घर बनाउनको लागि लाभाग्राही सूचिकृत गरि राष्ट्रिय भुकम्प प्राधिकरण मार्फत प्रति पीडित परिवार तीन लाख अनुदानबाट लगभग घरधुरी निर्माण सम्पन्न गरी प्राधिकरण खारेज भईसकेको अवस्था छ ।

तर, इन्द्रावती गाउँपालिका वडा नं ६ मा बिशेष गरी तीनघरे, वितलप र बसन्तपुर क्षेत्रमा तत्कालिन अवस्थामा लाभग्राही सूचिकृत गर्दा दलिय संयन्त्रले सिफारिस गर्दा गरेका गल्ती र राजनीतिक दलले गरेको पक्षपातपूर्ण व्यवहारका कारण अभियान सञ्चालन गर्नुपरेको स्थानीय युवा श्याम आचार्यले बताए । अभियानमा १ सय ५० जना भन्दा बढी युवाको सहभागिता रहेको उनले जानकारी दिए ।

‘घरदैलोमा आएका उम्मेदवारहरुलाई पहिला हामीलाई बास देउ अनि मात्र भोट दिन्छौ भन्ने छौ,’ आचार्यले भने “हामीलाई जसले सहयोग गर्छ उसैलाई भोट दिन्छौं, नत्र हामी चुनावमा सहभागी नहुन पनि सक्छौं” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!