मेलम्ची । मेलम्ची नगरपालिकामा गठबन्धनका साझा उम्मेदवारहरु सहित नेता तथा कार्यकर्ताले घर दैलो अभियान शुरू गरेका छन ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीकाे संयुक्त गठबन्धनका उमेदवारहरु मेयर नानीराम चाैलागाई तथा उपमेयर देवेन्द्र घाेरासैनी सहित वडाका उमेदवारहरू, अग्रज नेता कार्यकर्ताहरूकाे उपस्थितिमा घरदैलाे अभियान शुरू भएकाे हाे । मेलम्ची नगरपालिका वडा नं. १ भाेटेचाैर बाट चुनावी तथा घरदैलो अभियान शुरू भएको हाे ।

‘ब्यवस्था बदल्याैं अवस्था बदल्न, संयुक्त गठबन्धनलाई मतदान गराैं ” भन्ने मुल नारा सहित उनिहरू घरदैलाे अभियानमा लागेका हुन । निडर प्रष्ट स्वभाव भएका देवेन्द्र घोरासैनी मेलम्ची बाट उपप्रमुखकाे उम्मेदवार भएका हुन ।

अभियानकाे क्रममा संयुक्त गठबन्धन बाट प्रतिबद्वताहरू ब्यक्त भएका छन । मेयर उपमेयर ले पाउने सरकारी सेबा सुबिधा नलिने, सरकारी गाडिको आफुले प्रयोग नगर्ने , जनताको सेवामा प्रयोग गरिने, गरिब तथा जेहेन्दार विद्यार्थी लाई आफुले पाउने तलब भत्ता मार्फत २/२ जना विद्यार्थी लाई डाक्टर र ईन्जिनियर पढाउने लगायतका प्रतिबद्धताहरू ब्यक्त भएका छन ।

मेलम्ची नगरपालिका १ बाट शुरू भएकाे अभियान आज वडा नं ५ मा गरिएकाे छ । वडा नं ६ सम्मकाे घरदैलाे आजै गरिने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!