भिमटार । इन्द्रावती गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार बिकास लामाले आफुले साेचेकाे भन्दा बढी काम गर्ने बताएका छन । नेपाली कांग्रेसकाे तर्फबाट इन्द्रावती गाउँपालिकाकाे उमेमेदवार बनेका लामाले १२ नं वडाकाे घरदैलाे कार्यक्रममा साे कुरा बताएका हुन ।

“म गाउँपालिका अध्यक्षकाे उम्मेदवार बनेर आएकाे छु, मलाई जिताउनुहाेस तपाईहरूले गुनासाे गर्ने ठाउँहरू त रहन्न तर तपाइहरूले साेध्ने भन्दापनि मैले घाेषणा गरेकाे भन्दा बढी काम गर्नेछु” ।

“पाँच बर्षपछि म तपाईहरूलाइ साेध्नेछु, समस्याहरू केही रह्याे ?”, लामाले भने । इन्द्रावती बगरमा धेरैकाे खेतहरू रहेकाे त्याे खेतहरू ऐलानीकाे अवस्थामा रहेकाे लामाले जानकारी दिए । साे ऐलानी जग्गालाई नम्बरी बनाएर लालपुर्जा दिलाउने काम पहिलाे प्राथमिकता रहेकाे समेत लामाकाे प्रतिबद्वता छ ।

“भिमटारमा बैज्ञानिक खेति अपनाउने, आँप , कटहर लगायतकाे फलफुल उब्जाउ हुने भएकाले त्यसलाइ आधुनिक प्रणालि बाट ब्यबसायीक गर्दै आम्दानीकाे स्राेत बढाउने तर्फ मेराे ध्यान जानेछ” लामाले भने ।

साे क्षेत्रकाे पर्यटन बिकास देखि बजार ब्यबस्थापन सम्मका याेजनाहरू उनले भिमटारका नागरिकमाँझ प्रस्तुत गरेका छन ।

आफु कम्युनिष्टकाे जस्ताे हावादारी गफ नगर्ने पनि उनले बताए । नेपालमा रेल पनि नगुडेकाे र केपी शर्मा ओलीले भनेकाे जस्ताे घरघरमा ग्यासकाे पाइप पनि नआएकाे, घरघरमा ५,५ हजार भत्ता आउने कुरा पनि गफ मात्र भएकाे उनले बताए ।

आफुलाइ एक पटक गाउँपालिकामा अवसर दिएमा पाँच बर्षपछि इन्द्रावती गाउँपालिका देशकै नमुना गाउँपालिका हुने समेत उनले दावि गरे ।

नेपाली कांग्रेसकाे तर्फबाट पालिका अध्यक्ष उम्मेदवार बिकास लामा, उपाध्यक्षका उम्मेदवार दयाकुमारि मिश्रले गरेकाे घरदैलाे तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, महासमिति सदस्य राजेन्द्र गाेर्खालि, जिल्ला सदस्य नवराज भट्टराई, क्षेत्रीय सचिव केशव श्रेष्ठ, पालिका सभापति जीवन थापामगर लागाएतका नेताहरूकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!