थकनी । मेलम्ची नगरपालीकाका प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका आइतमान तामाङ र उपप्रमुख उम्मेद्वार राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाका कुमारी तामाङ प्रचारप्रसार तथा घरदैलो अभियानमा व्यस्त रहेका छन् ।

आफ्नो पक्षमा मत माग्दै उम्मेदवारहरु सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का कांग्रेस नेताहरु साथमा लिएर जनताको घरदैलो अभियानमा नागरीकसंग साक्षात्कार गरीरहेका छन् । उम्मेदवार सहित नेता कार्यकर्ताले आज वडा नं. ३ हैबुङ र वडा नं. ४ थकनीका स्थानीयबीच घरदैलो कार्यक्रम गरीएको हो । उम्मेदवारहरुले नागरीकको घरमा र चोक चौतारोमा भेटेर मत मागीरहेका छन् ।

आफ्ना चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित मेलम्ची नगरपालिकाको सबै वडाका स्थानीय र पार्टीका नेता, कार्यकर्ताबीच सक्रिय भेटघाटमा व्यस्त रहेका उम्मेदवारहरुले निर्वाचित भइ जनताको शासक हैन सेवक बन्ने अवसर दीन आग्रह गरेका छन् ।

घरदैलो अभियान लिएर नागरिकको दैलोमा पुगेका तामाङले नागरिकको शिक्षा, स्वास्थ्य, सडक, स्वरोजगारका कुरालाई प्राथमिकतामा राख्ने नागरीक समक्ष प्रतिवद्धता गरेका । अहिले मिठो भाषण भन्दा पनि जनताले विकास चाहेकाले अब बोल्नेभन्दा काम गरेर देखाउनु आवको आवश्यकता भएको तामाङले बताए ।

गाउँमा चुनावी चहलपहल बढेसँगै कामका लागि जिल्ला बाहिर गएका नागरिक अहिले गाउँ फर्किन थालेका छन् । सुनसान रहने गाउँमा चहलपहल निकै बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी र समाजवादीले पनि चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!