नवलपुर । इन्द्रावतीमा माओवादीका वडा अध्यक्ष उम्मेदवार माथी एमाले कार्यकर्ताले आक्रमण गरेका छन । हिजाे २३ गते इन्द्रावती गाउँपालिका स्थित वडा नम्बर १० झोलुङ्गे माझी बस्तीमा साे आक्रमण भएकाे हाे ।

चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानमा जाने क्रममा सोही गाउँका स्थायी बासिन्दा श्री सूयोदय आधारभुत बिद्यालयका प्रधानाध्यापक साथै सोही वडाका एमाले वडा अध्यक्ष समेत रहेका बल बहादुर माझी लगायतको समुहले आक्रमण गरेका हुन ।

नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार बिनोद आचार्य, अन्य सदस्यहरु र कार्यकताहरु माथि भौतिक आक्रमण भएकाे नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका द्वारा जारि गरिएकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ ।

आक्रमणमा परि माओवादीका कार्यक्रताहरू घाइते भएका छन । चुनावी प्रचार प्रसारका क्रममा इन्द्रावति १० झाेलुङगेमा झडप हुँदा माओवादि कर्याकर्ता राजु दङ्गालकाे टाउकोमा गहिरो चाेट लागेकाे र उपचारकाे लागि काठमाडौ लगिएको बताइएकाे छ ।

नेकपा (माओवादी केन्द्र) का गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाका अध्यक्ष, सदस्यहरु सहितको टोली चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानमा थिए ।

साथै, कुनै पनि दलले मत माग्ने संवैधानिक हक विपरितको निन्दनीय कार्य गरेकाे भन्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, इन्द्रावती गाउँपालिका पार्टी समितीले दोषीलाई तत्काल कानुनी कारबाहीको माग गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!