काठमाण्डाै । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी थालेको छ । जेठ १५ गते ल्याउने बजेटका लागि मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरिरहेको छ ।

मध्यमकालीन खर्च संरचनाअनुसार बजेटका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँ सिलिङ तोकिएको छ । मस्यौदा लेखन समितिले दिएको खर्च संरचनाअनुसार नै बजेट निर्माण भरिहेको अर्थ मन्त्रालयले बताएको छ । मस्यौदा लेखन समितिमा संयोजक भुपाल बरालसहित पाँच जना सदस्य छन् । अर्थ मन्त्रालयले चैत २ गते उक्त समिति बनाएको थियो ।

चालु आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । सरकारले यसपालि लोकप्रिय बजेटको तयारी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार कर्मचारीको दुई हजारसम्म तलब बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!