मेलम्ची ।
असार १ मा मेलम्ची खोलामा आएको बाढी मेलमची वासिको लागी कालो दीन नै सावीत भयो । कतीले घरबास गुमाए कतीले गरीखाने ठाँउ, त्यो दीनको प्रताडना भुल्न मेलम्चीवासिलाई लामो समय लाग्छ । मध्यरातको त्यो चिच्याहट सुनीदीने कोही भएन । नागरीकले स्थानीय सरकार छ केही गरीदेला भन्ने आशा नराखेका त कहां हुन् र, तर नागरीकको आशा आशामा नै सिमीत बन्यो ।

“कहाँ बिर्सेको छु र त्यो पल, जुन पल म चिच्याउँदा नि कसैले सुनेको थिएन“, मेलम्ची ११ कि इन्दु दनुवारले सामाजिक सञ्जाल मार्फत आफ्नो पिडा पोखेकी छीन् । असार १ गते मेलम्चीमा आएको बाढीका कारण मेलम्ची बजार र आसपासका धेरै ठाँउमा क्षती पु¥यायो ।

“मेरो भोट, (मेरो योजना), नोट र भोज बोकेर आउनेलाई हैन, बिकासका योजना लिएर आउनेलाई”, आफ्नो डुबेको बस्ती संरक्षणमा मेलम्ची नगरपालिकाले चासो नदेखाएको भन्दै उनले भनिन् “कहाँ बिर्सेको छु र त्यो पल, जुन पल म चिच्याउदा नि कसैले सुनेको थिएन“ ।

राज्यको ढुकुटीबाट आउने बजेट पनि आफ्नै खोजीबाट निकालेर दिनु पर्ने झै गरेको र बस्ती संरक्षणमा मेलम्ची नगरपालिकाले चासो नदेखाएको उनले गुनासो गरेकी छन् । “नेपाली जनताले तिरेको करबाट दिने वृद्धा भत्ता पनि हामिले दिएको भनेर भाषण गरिरहेको सुन्छु”, इन्दुले स्मरण गरिन ।

उनी फेसबुकमा यस्तो लेख्छिन : याद गर्नुस् नेता ज्यु, तपाईले खाने भत्ता पनि नेपाली जनताको पसिना हो ! सारा नेपालीले कर तिरेन भने तपाईको ढुकुटीबाट सारा वृद्धा आमाबुवालाई भत्ता दिन सक्नुहुन्छ ?

“जनताको सम्मान गर्न सिक्नुस् , तपाईंलाई उचाइमा लाने नि जनता हुन् र भुइँमा पछाड्ने नि जनता नै हुन् , निकै शक्तिशाली छन जनता“, इन्दुले लेखकी छन् ।

बाढीपिडित नगरपालिकामा, मेयर उपमेयर फरार

मेलम्चीका बाढी प्रभावित मेलम्ची नगरपालिका पुग्दा मेलम्ची नगरपालिकाका मेयर र उपमेयर फरार भएका थिए । मेलम्ची नगरपालिकाले स्थानियको गुनासो नसुनेको भन्दै सयौको संख्यामा स्थानियहरू मेलम्ची घेर्न गएका थिए । मेलम्ची पुननिर्माण सरोकार समितिका संयोजक महाविर श्रेष्ठको नेतृत्वमा गएको सयौँको संख्याका मेलम्चीका स्थानियले मेलम्ची घेराउ गरेका थिए ।

बाढि गएको ४७ औं दीनमा पनि स्थानिय सरकारको उपस्थिति नभएकाले आन्दोलन नै गर्नुपरेको मेलम्ची सरोकार समितिले बताएको छ । बाँकी रहेका घर जोगाउनको लागि स्थानियले पटकपटक सरकार संग माग गर्दा पनि बेवास्ता गर्दै आएको र बाढी गएको ४७ दिन सम्म पनि मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, उपमेयर भगवती नेपाल कोहि पनि बजारमा स्थानियको गुनासो सुन्न नआएको मेलम्ची पुननिर्माण सरोकार समितिका संयोजक महाबिर श्रेष्ठले बताएका छन् ।

यसरी उठ्यो मेलम्ची

गत असार १ गते आएको बाढी थामिएलगत्तै मेलम्ची नदी आफ्नै स्थानमा फर्काउन मेलम्चीका स्थानीयहरू ताते । सहयोग संकलन गरेर भए पनि एक्स्काभेटर, टिपर प्रयोग गरेर बालुवा–गेगर निकाल्न थाले ।

बाढीमा मेलम्ची बजारका ७० भन्दा बढी घर बालुवा, लेदो, गेगरले भरिएका थिए । बाढीले ४५ घरटहरा बगाएको थियो । बजार क्षेत्रका सबैजसो परिवारले लेदो र गेगर खोतलेर बस्न योग्य बनाउने काम सकाएका छन् । धेरैले ऋणधनमै रंगरोगन गरेर होटल, पसल सञ्चालनमा ल्याइसकेका छन् ।

बजार पहिलेकै अवस्था तंग्रिँदै गए पनि निर्धक्क हुने अवस्था छैन । यहाँका पीडित सुरक्षित पुनर्वासको पर्खाइमा छन् । मेलम्चीका अगुवा सागर श्रेष्ठले ऋणमाथि बाढीको तनावले अझै नछाडेको बताए ।

मेलम्ची संरक्षण र पुनर्स्थापनामा स्थानिय सरकार मौन

बाढीग्रस्त मेलम्ची संरक्षण र पुनर्स्थापनामा स्थानिय सरकार मौन भएको पुर्व बिध्यार्थीहरूले निष्कर्ष निकालेका थिए । साथै उनिहरूले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग समेत गरे । बाढी गएको महिनौ भईसक्दा पनि स्थानिय सरकारको मौनता भएको र मौनताले सिमा नाँघेको उनिहरूले निचोड निकालेका थिए ।

ईन्द्रेस्वरी उच्च माबि मेलम्चीको २०४९ ब्याचले उक्त निचोड निकालेको हो । साथै ईन्द्रेस्वरी उच्च माबि मेलम्चीको २०४९ ब्याचले बाढिग्रस्त मेलम्चीलाई संरक्षण र पुनर्स्थापनामा अहोरात्र काम गरिरहेको सामुहिक प्रयासलाई सहयोग गर्ने प्रतीबद्वता समेत ब्यक्त गरेका थिए ।

बाढीपिडितलाइ दिएको ५० हजारको आश्वासन खै ?

हेलम्बुका बाढी पीडितलाई तेतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले ५० हजारको आस्वासन दिएका थिए । प्रभावितका लागि तत्काल अस्थायी आवासका लागि एक हजार पाँच सय बन्डल जस्ता र प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन समेत दिएका थिए ।

सेनाको हेलिकप्टरबाट शुरुमा हेलम्बु पुगेका ओलीले मेलम्ची बजार समेत घुमेका थिए । गाडीबाट बजार घुमेपछि उनले मेलम्ची टारबाट बाढीले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका थिए ।

बढीका कारण हेलम्बु र मेलम्चीमा मानवीय तथा भौतीक रुपमा ठुलो क्षती पुगेको छ । अब नागरीकले स्थायी पुर्नवासको आशा राखेका छन् । अब आउने स्थानीय सरकारले बाढी प्रभावीतको माग सम्बोधन गर्न सक्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!