ज्यामिरे । हिजो देशैभर स्थानीय तहको निर्वाचन भएको छ । सिन्धुपाल्चोक जिल्लाका सबै पालीकाहरुमा मतदान सम्पन्न भईसकेको छ ।

जिल्लका धेरैजसो पालीकाहरुमा मत गणना सुरु भईसकेको छ । वडा स्तरमा पालीका चुनावको नतीजा आउने क्रम पनि जारी रहेको छ । तर मेलम्ची नगरपालिकामा यतीबेलासम्म पनि मत गणनाको सुरुवात भएको छैन ।

मेलम्ची नगरपालीकाको वडा नम्बर ९ मा हिजो भएको मतदानमा दिनभरजसो तनाव भएको थियो । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताविच सामान्य धकेलाधकेल बाट सुरु भएको विदाद उत्कर्षमा पुगेको थियो । हिजो भएको झडपमा परी नेपाली कांग्रेसका एक कार्यकर्ताको टाउकोमा चोट लागेको छ ।

नेकपा एमालेका एक कार्यकर्ताले फर्जी मत हालेपछी विवाद सुरु भएको हो । ति कार्यकर्ताले बारम्बार त्यो गल्ती दोहोराईरहंदा अवस्था असामान्य भएको हो । त्यसपछी सामाजिक सञ्जालमा बुथ क्याप्चर भयो भनेर एमालेकै कार्यकर्ताले अफवाह फैलाएका थिए । सुनीयोजीत जस्तो देखीएको सो प्रकृयामा नेपाली सेनाले मतदातालाई आतंकीत बनाएको थियो ।

नेपाली सेनाले मतदातातर्फ बन्दुक तेर्साएपछि सेनाको त्यो ज्यादतीको मतदाताले विरोध गरेका थिए । मतदाताको विरोधपछी सेना फर्कीएको थियो भने शान्तिपुर्ण रुपमा मतदान भईरहेको थियो । तर त्यस्को केही बेरमै फेरी एमालेका अर्का एक कार्यकर्ताले त्यो हर्कत देखांउदै पर्खाल नाघ्न खोज्दा उनलाई नेपाली कांग्रेस समर्थीत मतदाताले तानेर तल झारेका थिए ।

त्यसपछी एमालेका ति कार्यकर्ताले ढुंगा टीपेर हान्दा कांग्रेस कार्यकर्ता पुर्ण बहादुर तामाङको टाउकोमा चोट लागेको छ । त्यसपछी कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्तालाई लछार पछार पारेका थिए । त्यो भईसकेपस्चात स्थीतीलाई सेनाले नियन्त्रणमा लिएकोे थियो । केहीबेर रोकिएको मतदान फेरी सुरु भएको थियो ।

मतदान सुरु भईसकेपस्चात मेलम्ची नरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बालकृष्ण देउजा र नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार आईतमान तामाङ दुवै अन्तिम समयसम्म गोल्माथान स्थास्थ्य चौकी मतदान केन्द्रमा बसेर मतदान सकीएको थियो । सो वडामा ३७६४ मतदाता रहेकोमा २४९७ ले मतदान गरेका थिए ।

जब मतदान सकीयो तब नेकपा एमालेले फेरी बखेडा झिक्यो । मतदान सकीएपछी एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार ठाकुरनाथ कुंईकेल लगाएत बुथ एजेन्टहरु हस्ताक्षर नै नगरी मतदानस्थल छाडेर हिंडेका थिए । त्यसपछी अन्य दलहरु कांग्रेस, माओवादी, समजवादी, राप्रपा र मंगोल अर्गनाईजेसनले हस्ताक्षर गरेका थिए । त्यसपछी लाहाछाप गरेर मतपत्र मेलम्ची हिजो राती नै ल्याईएको थियो ।

हिजो ढीला भएकाले आजबाट मतगणना गर्ने तयारी रहेको थियो । तर आज बिहानैदेखी सर्वदलीय बैठकमा एमालेले पुन मतदान गर्नुपर्ने भन्दै बखेडा झिकेका कारण मतगणना सुरु हुन सकेको छैन् । एमालेका नेतादेखी कार्यकताहरु सामाजीक सञ्जालमार्फत पुन मतदान हुनुपर्ने भनीरहेका छन् ।

सामाजीक सञ्जालमा यस्तो लेखीएको छ:

एमालेका उम्मेदवार बौद्धीक छन् त्यस्तो खाले हर्कत नदेखाउलान भन्ने आशा थियो तर मैले सोचेजस्तो भएन ज्यामीरेका एक मतदाताले भनेका छन् । उनी आफैंले त्यस्तो हर्कत गर्न आफनै छोरा र भतीजालाई उक्साउलान भन्ने नलागेको ति मतदाताले बताएका छन् । यसरी नागरीकलाई आतंकीत बनाउनु निन्दनीय भएको र अबको दिनमा कुनैपनि राजनीतीक दललाई यस्तो हर्कत नदेखाउन उनले आग्रह गरेका छन् । हिजो झडप पस्चात करीव ३०० भन्दा बढी मतदाता मतदान नै नगरी फर्कीएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!