हेलम्बु । गाउँपालिका अध्यक्षमा निमा ग्याल्जेन शेर्पा विजयी भएका छन । शेर्पाले ५३८५ मत प्राप्त गरेका छन । यस्तै उपाध्यक्षमा अप्सरा लामिछाने विजयी भइन । उनले ५२१४ मत प्राप्त गरिन ।

समृद्व हेलम्बु बनाउन निमा ग्याल्जेन शेर्पा लाई थप ५ बर्षे जनाधार प्राप्त भएकाे छ । एक कार्यकाल सकेर पुन अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए शेर्पाले । उम्मेदवारी दर्ता संगै हेलम्बुलाइ समृद्व बनाउने याेजनाहरू समेत सार्वजनिक गरेका थिए ।

वडामा चौडा भएका बाटाेलाइ कालाेपत्रे गर्ने, मेलम्ची बाढीले तहसनहस पारेकाे स्थानीय बजारहरू तिम्बु, किउल, गणेशे, चनौटे, ग्याल्थुम लगायत बजार, बगर बनेका खेतियाेग्य जमिन, माछा पालन तथा कृषि ब्यवसायलाई फेरि सञ्चालन गर्न र वैज्ञानिक ढंगले खाेलाकाे पुरानै ट्रयाकमा बगाउने लगायतका याेजनाहरू सार्वजनिक गरेका हुन ।

२०७४ मा हेलम्बु गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएसँगै आफ्नाे टिमले सातवटै वडामा विकासकाे मुल फुटाएकाे शेर्पाले बताए । नमुना हेलम्बु गाउँपालिका बनाउन अहाेरात्र खटेर विकासमा २ स्टेप अगाडि पुर्याएकाे उनले जानकारी दिए ।

देशकै गौरवकाे विषय बनेका हिमालयन ग्रेट ट्रेल ( Himalayan Great Trail) पूरा गर्न, गाउँपालिका भर ८ देखि १२ कक्षासम्म सम्मान र गुणस्तरीय शिक्षा दिन खाेलिएकाे नमुना विद्यालय पूरा गर्न, पर्यटकीय नगरिकाे रूपमा हेलम्बुलाइ स्थापित गर्न, स्वास्थ्यलाइ आधारभूत रूपमै हेलम्बुवासीकाे अधिकार स्थापित गराई निशुल्क गाउँपालिकामा उपचारकाे ब्यवस्था गर्न, गाउँमै हजारौं युवालाइ कृषि, पर्यटन, उद्याेग खाली राेजगारी दिने आफ्नाे याेजना रहेकाे शेर्पाकाे भनाई छ ।

अघिल्ले पटक पनि बहुमत वडा सहीत हेलम्बुमा नेपाली कांग्रेसले नेतृत्व गरेको थियो । यसपटक पनि बहुमत वडासहीत जित निकालेको छ । अघिल्लो पटक ७ वडामध्ये ६ वटा वडा जितेकोमा यसपटक भने ५ वटा मात्र कांग्रेसले जितेको छ । यसअघी १ वटा वडा जितेको एमालेले यो पटक भने २ वटा वडा जितेको छ ।

गाँउपालीकामा निकटतम प्रतिस्पर्धी एमालेका दावा लामा ह्योल्मोले ४६०३ मत र उपाध्यक्षमा गंगा अर्याल खड्काले ४६७१ मत प्राप्त गरे ।

वडा अध्यक्ष हरुमा १ मा दावा ग्याल्बो शेर्पा, २ मा पेम्वा लामा, ३ मा दिपक खड्का, ४ मा बुद्विमान तामाङ्ग थिङ्ग, ५ मा दिप ग्याल्जेन लामा, वडा नम्बर ६ मा सञ्च तामाङ, वडा नं ७ मा निल बहादुर खड्का निर्वाचीत भएका छन । वडा नम्बर ३ र ६ नेकपा एमालेले जितेको हो भने बाँकी सबै वडा कांग्रेसले जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!