पिस्कर । २०४० सालमा सहिद इले थामी र विरबहादुर थामी ले सहादत प्राप्त गरेको पिस्करको इतिहासमा पहिलो पटक नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ।

एमाले को गढ तथा कम्युनिस्ट पार्टीको आधारभुमी भनेर चिनिएको त्रिपुरासुन्दरी गाउँपालिका वडा न ४ मा नेपाली काङ्ग्रेसको वडा अध्यक्ष को उम्मेदवार टेकबहादुर गुभाजु (विजय ) ले ७३९ मत प्राप्त गरि विजयी भएका हुन।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका वडा अध्यक्ष को उम्मेदवार रामकृष्ण खड्काले ६५५ मत प्राप्त गरि पराजित भएका हुन।सदस्य हरुमा नेपाली काङ्ग्रेस कै लक्ष्मी नेपाली ७११ , ज्ञानी थामी ७०८, रामकृष्ण खडका ६६५ ,र नेकपा एमाले का वडा सदस्य आशिष श्रेष्ठले ७२५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गाउँपालिका अध्यक्ष पदको लागि नेपाली काङ्ग्रेसका भक्तध्वज बोहराले ७१२ उपाध्यक्ष गिताकुमारी नेपाल ले ७१२ मत प्राप्त गर्दा नेकपा एमालेका मेघनाथ पौडेलले ६५२ सविता श्रेष्ठले ६५६ मत प्राप्त गरेकीछिन। २०४९ सालदेखि एमाले विजयी हुँदै आएको वडा नम्बर ३ चोकटीमा पनि नेपाली काङ्ग्रेस का वडा अध्यक्ष को उम्मेदवार रमेश राउत ले विरासत तोडेका हुन ।राउतले ५७२ मत प्राप्त गर्दा नेकपा एमाले का रामसुन्दर थामी ले ४८७ मत प्राप्त गरेका थिए।

वडा नम्बर १ घोर्थलीमा नेपाली काङ्ग्रेस का सिताराम थापाको प्यानल सहित र वडा नम्बर ३ धुस्कुनमा नेकपा एमाले का शिवकुमार कार्कीको प्यानलले विजय हासिल गरेको छ।हालसम्म वडा न १,२,३,४ को मतगणना गर्दा गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष पदमा परिणाम यस्तो रहेको छ ।

काङ्ग्रेस : भक्तध्वज बोहरा २४७६ गिताकुमारी नेपाल २४६५ एमाले: मेघनाथ पौडेल २४१४ सबिता श्रेष्ठ २२८९ माओवादी :विर्खबहादुर श्रेष्ठ ५८३ मिना लामा ६७७

अब वडा नम्बर ५ तौथली र वडा नम्बर ६ टेकान्पुर को मतगणना बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!