मेलम्ची । मेलम्ची नगरपालिकामा नेकपा एमाले बाट मेयरमा उम्मेदवारी दिएका बालकृष्ण देउजाले आफुले पराजय भएकाे महसुस नगरेकाे बताएका छन । मेलम्चीबासीकाे अझ बढी माया र हाैसला पाएकाे उनले बताए ।

“पराजय भएकाे महसुस गरेकाे छैन, माया पाएकाे छु, लाेकप्रिय मत दिनुभएकाे छ”, उनले भने । मेलम्ची नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवार बालकृष्ण देउजा लाई ९३ मतले पराजित गर्दै नेपाली कांग्रेसका आइतमान तामाङ बिजयी भएका थिए ।

उपप्रमुख नेकपा एमालेले जितेकाे छ । उपमेयरमा उमा प्रधान विजय भएपश्चातकाे र्यालिकाे काेणसभा लाइ सम्बाेधन गर्दै देउजाले भने “आगामी दिनमा पनि यस्तै साथ सहयाेग गर्नुहुनेछ भन्ने आसा गरेकाे छु” । उनले मतदाता, सुरक्षाकर्मी, पत्रकार लगायतलाइ धन्यवाद दिए ।

“सिकाइ धेरै भएकाे छ”, उनले भने “हामी बाट चाेइटिएर गएका साथीहरूले पसल थाप्नुभयाे । जनमतकाे बिरूद्वमा जानुभयाे । मतकाे बिक्रि गर्नुभयाे” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!