
मेलम्ची । नेपाली कांग्रेसकाे तर्फबाट नवनिर्वाचित मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले जनताकाे माग अनुसारकाे काम गर्ने बताएका छन । मेलम्ची नगरपालिकामा निर्वाचित भएपछिकाे विजय र्याली पश्चातकाे काेणसभा लाई सम्बाेधन गर्दै उनले साे कुरा बताएका हुन ।
आफु जनता द्वारा निर्वाचित प्रतिनिधि भएकाेले जनताकाे भावना अनुरूप काम गर्ने तामाङले बताए । यश भन्दा अघिका सरकारले पूरा नगरेका काम पूरा गर्ने, मेलम्ची लाई ब्यबस्थित बनाउने लगायतका याेजनाहरू उनले अघि सारे ।
मेलम्चीका बाटाहरू हिउँद बर्खा चल्ने बनाउने, बजार ब्यबस्थापन गर्ने, बाढीले ध्वस्त पारेकाे संरचना पुननिर्माण गर्ने, शिक्षा, स्वास्थ्य तथा खानेपानीकाे क्षेत्रमा काम गर्ने उनले प्रतिबद्वताहरू जनाए । उनले भने “सबै पार्टीलाइ मिलाएर अघि बढ्छु, सबैलाइ समेट्छु” ।
प्रत्येक टाेल र बस्तिमा गएर सुझाव संकलन गर्ने र नागरिककाे माग अनुसारकाे काम गर्ने समेत उनकाे भनाइ थियाे ।