मेलम्ची । मेलम्ची नगरपालिकाका नवनिर्वाचित मेयर आइतमान तामाङले नगर भित्रका गरिब एवं जेहेन्दार ५ जना विद्यार्थीहरूलाई नगर भित्रकाे प्राविधिक विद्यालयमा नगरपालिकाकाे खर्चमा ईन्जिनियरिङ डिप्लाेमासम्म निशुल्क पढाउने निर्णय गरेका छन ।

२ जना विद्यार्थीहरूलाई कृषि प्राविधिक शिक्षा अध्ययनमा निशुल्क गर्ने निर्णय समेत गरेका छन । मेलम्ची नगरपालिकामा मेयरकाे पदभार ग्रहण गरेकाे पहिलाे दिनमै उनले साे निर्णय गरेका हुन ।

साथै नगरपालिका भित्र रहेका गर्भवती तथा सुत्केरी हुने महिलाकाे लागि नगरपालिका भित्रकाे बर्थिङ सेन्टरसम्म जाने आउने एम्बुलेन्स खर्च र काठमाडाैं रिफर गरेकाे खण्डमा काठमाडाैसम्म जाने एम्बुलेन्स खर्च नगरपालिकाबाट बेहाेर्ने निर्णय समेत गरेका छन ।

नगर प्रमुख आइतमान तामाङ र नगर उपप्रमुख उमा प्रधानद्वारा आजबाट पदभार ग्रहण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!