चाैतारा । चुनावमा हार भएपछि राप्रपा सिन्धुपाल्चोकका नेता जितबहादुर भारतीले पार्टी छाडेका छन । वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा राप्रपाले सिन्धुपाल्चाेक जिल्ला, क्षेत्र नं. १, प्रदेश ख मा कुनै पनि पालिका, वडामा १ सिट पनि विजय हासिल गर्न नसकेकाले पार्टी छाडेकाे भारतिले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) हाल सिन्धुपाल्चोक जिल्ला क्षेत्र न: १, प्रदेश ख को अध्यक्ष समेत रहेका भारतिले एक विज्ञप्ति मार्फत पार्टी परित्यागकाे घाेषणा गरेका हुन ।

“प्रदेश ख को अध्यक्ष पद र पार्टीको साधारण सदस्य समेत आजकै मितिदेखि लागु हुने गरी परित्याग गरेको जानकारी गराउँदछु”, विज्ञप्तिमा भनिएकाे छ “आजसम्म तपाईँले र पार्टिले गर्नु भएको सहयोग र विश्वासको, लागि धन्यवाद ज्ञापन गर्दछु” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!