चाैतारा । सिन्धुपाल्चोकमा १ लाख ६३ हजार जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएकाे छ । मङ्सिर २ गतेबाट जिल्लाको १२ वटा पालिकाको १०३ वटै वडामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन भएको थियो ।

लक्ष्यभन्दा तीन प्रतिशत बढी विवरण दर्ता भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार सबै भन्दा कम भोटेकोसी गाउँपालिकाबाट ६ हजार ८ सय ४८ र सबैभन्दा बढी मेलम्ची नगरपालिकाबाट २४ हजार ६ सय ३५ जना सेवाग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेका छन् ।

सुशासन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ सुरु भएको यस अभियानमा छुटेका र लिन बाँकीहरूका लागि भने जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट नियमित रुपमा सेवा प्रवाह भइरहेको जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!