
काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याएका छन ।
महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाएका छन ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाएकि छिन । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन । उनले २५ हजार ५९ मत पाएका छन ।