नवलपुर । “इन्द्रावती गाउँपालिकाकाे गेट बाट भित्र छिर्दा गाउँपालिका अध्यक्षकाे भुमिकामा छिर्नेछु, पार्टीकाे पद गेट बाहिर छाड्नेछु”,निवर्तमान जनप्रतिनिधिहरूकाे बिदाइ सम्मान र नवनिर्वाचित पदाधिकारिहरूलाई स्वागत तथा सपथ ग्रहण कार्यक्रम लाई सम्बाेधन गर्दै गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले भने ।

“म समन्वयकारि भुमिका खेल्नेछु, सबैलाइ मिलाएर लैजानेछु”, नेपालले भने । गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरूकाे सपथ ग्रहण कार्यक्रममा उनले भने “हामीले बधाइ खानेकी नखाने ५ बर्षपछि जनताले फैसला गर्नेछन” ।

जतिबेला जनताका सामु कसम खाएका कुरा पूरा हुन्छ तब मात्र बधाई खाने नखाने फैसला जनताले गर्ने उनले बताए । जनप्रतिनिधि बिचमा भावनात्मक मेल हुन आवस्यक रहेकाे र जनताले पनि त्यहि चाहेकाे नेपालले बताए ।

“म मुक्तकन्ठले प्रशंसा गर्न चाहन्छु २०७४ का जनप्रतिनिधिहरू लाई । धेरै कठिन र जटिल अवस्था थियाे, पुर्वाधार थिएन, बिद्यालय थिएन । धेरै राम्राे काम गर्नुभएकाे छ । तपाइहरूले गर्न नभ्याउनुभएकाे अपुरा काम म पूरा गर्नेछु”, नेपालले इन्द्रावतीका निवर्तमान जनप्रतिनिधिहरू लाई इन्कित गर्दै भने ।

रचनात्मक आलाेचनालाई मार्गनिर्देशकाे रूपमा लिने नेपालकाे भनाइ थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!