नवलपुर । इन्द्रावती गाउँपालिकामा ५ बर्षमा भएका कामहरूकाे जनताले मुल्याङ्कन गरेकाे इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङले बताएका छन । निवर्तमान जनप्रतिनिधिहरूकाे बिदाइ सम्मान र नवनिर्वाचित पदाधिकारिहरूलाई स्वागत तथा सपथ ग्रहण कार्यक्रममा तामाङले गएकाे पाँच बर्षमा सम्झनलायक काम भएकाे बताए ।

२०७४ सालमा निर्वाचित भएर आउँदै गर्दाकाे अनुभव सम्झेर उनले भने “एउटा टेण्टमा सपथ खाएका थियाैँ, भाैतिक संरचनाकाे निर्माण बाट हाम्राे कार्यकालकाे थालनि हुनेछ भनेका थियाैँ” । आफ्नाे कार्यकाल जिराे बाट सुरू भएकाे र सुरूवातमा टेबुल कुर्सी पनि नभएकाे उनले सुनाए ।

“जनताकाे समस्या पहिचान गरेउँ, कुन समस्या छन, कति बजेट लाग्छ भनेर गुरु याेजना बनायाैँ, जनताकाे चाहनालाई ५ बर्षे आवधिक याेजनामा लिपिबद्व गरेउँ”, तामाङले भने ।

इन्द्रावतीमा सडक गुरु याेजना बनाएरै काम गरेकाे उनले बताए । “अस्तब्यस्त बिजुली थियाे अहिले ब्यबस्थित भएकाे छ, काठेपाेलमुक्त भएकाे छ”, तामाङले भने “खानेपानीकाे समस्या पनि धेरै हदसम्म समाधान भएकाे छ” ।

अवकाे सरकारले जनतालाई आर्थिक संमृद्वि संग जाेड्ने काममा ध्यान दिनुपर्ने बेला आएकाे र उत्पादनमा जाेड दिनुपर्नेमा तामाङले जाेड दिए । “बेराेजगार युवाहरूलाइ गाउँमै बसु बसु लाग्ने बनाउनुपर्नेमा अवकाे सरकारले ध्यान देओस”, उनले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!