नवलपुर । इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झम्क नाथ नेपालले ६० वर्ष नाघेका विदुर बृद्धलाई महिनाको ५ सयका दरले भत्ता दिने प्रतिबद्धता ब्यक्त गरेका छन ।

हाल इन्द्रावतीको मेघा बैकबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको इन्द्रावती गाउँपालिकामा अध्यक्ष नेपालले वडा वडामा पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरे । उनले मोतीयाबिन्दु भएका नागरिकका लागि एकतर्फी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने समेत बताए ।

६५ वर्षमाथिका आर्थिक स्थिति कमजोर भएका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गराउने समेत नेपालले बताए ।

इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झम्क नाथ नेपालले आज पदभार ग्रहण गरेका छन । नेपाललाई निवर्तमान अध्यक्ष वंशलाल तामाङसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरूले गाउँपालिकामा स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!