बाह्रबिसे नगरपालिकाले नगरका दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरेकाे छ । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पदभार ग्रहण गर्दै पहिलो निर्णय सार्वजनिक गरेका हुन ।

“बाह्रबिसे नगरभित्रका दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराउने, नगरभित्र बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने निर्णय भयाे”,मेयर बस्नेतले पदभार ग्रहण गर्दै भने ।

आगलागीलाई नियन्त्रणका लागि बरुणयन्त्र खरीद गर्ने र चौबिसे घण्टा उपयोगिताका लागि तैनाथ राख्ने, नगरभित्रका सामुदायिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म निशुल्क दिवा खाजा ब्यबस्थापन गर्ने, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्त्तरोन्नति गरेर क्षेत्रीय स्तरको अस्पताल बनाउने लगायतका निर्णयहरू मेयर बस्नेतले लिखित रूपमै गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!