पाँचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिले आज सपथ ग्रहण गरेका छन । पदभार ग्रहण गर्दै अध्यक्ष लामाले घरमै सुत्केरी हुने अवस्थालाई अन्त्य गरि सुन्यमा झार्ने, एक घर एक धारा र एक घर एक महिला उद्यमी कार्यक्रम संञ्चालन गर्ने निर्णय गरे ।

त्यस्तै, उपाध्यक्ष अधिकारीले जेहेन्दार विद्यार्थीलाई एम.बि.बि.एस. र पाइलट जस्ता विषयमा छात्रवृति, ७० बर्ष माथिका जेष्ठ नागरिक, अपांग, एकल महिला, सुत्केरी र अति विपन्नलाई निशुल्क एम्बुलेन्सको व्यवस्था, पालिकामा निशुल्क भुसेवा संञ्चालन, नांगो विजुलीतार हटाई केबलतार राख्ने निणर्य गरिन ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा दोस्रो कार्यकालमा टासी लामा र सुनिता अधिकारी नेकपा एमालेको तर्फबाट विजयी भएका हुन ।

निर्वाचनमा ६ वटा वडामा एमाले, एक वडामा राप्रपा र एकमा काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!