चाैतारा । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गौँउपालिकाले नागरिकले अनावश्यक तिर्न पर्ने शुल्क मिनाहा गर्ने निर्णय गरेकाे छ । नव निर्वाचित पदाधिकारीहरुको कार्य शुभारम्भ संगै याे निर्णय भएकाे हाे ।

गाउँपालिका प्रमुख भक्त ध्वज बोहोराले पद भार ग्रहण गर्दै सिफारिसहरुमा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरे । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलका अनुसार पञ्जीकरण, ब्यक्तीगत घटना दर्ता समय सिमा ३५ दिन भित्र दर्ता हुन आएमा निशुल्क गरिने छ ।

अन्य शुल्कहरुमा मालपोत बाहेकका सबै खाले सिफारिसमा लिइदै आएको शुल्क निशुल्क गर्ने निर्णय समेत भएकाे छ । साथै सबै वडाहरुलाई सोही अनुसार शुल्क नलीन पत्राचार गरिसकीएको समेत कुइकेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!