काठमाण्डाै । स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म सार्वजनिक भएको निर्वाचित जनप्रतिनिधि मध्य देशभर ३ सय ७३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको हालसम्म निर्वाचित ३३ हजार ८ सय ५८ जना जनप्रतिनिधिको सूचीमा ३ सय ७३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सबैभन्दा धेरै कर्णाली प्रदेशमा ६८ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् भने सुदूरपश्चिम प्रदेशमा ६७ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेश १ मा ६५, गण्डकीमा ५३, मधेश प्रदेशमा ४९, लुम्बिनीमा ३६ र बागमतिमा ३५ जना स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयाेगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!