चाैतारा । नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति जंग बहादुर लामाले आफ्नाे प्रतिवद्वता पूरा गरेका छन । उनी सभापतीमा निर्वाचित हुनु अघि नै नेपाली काँग्रेसलाई जिल्लाकै नं. १ पार्टी बनाउने उद्वाेष गरेका थिए ।

सभापति लामाले स्थानीय तहमा मात्र नभै अबको संघ र प्रदेशसभाको चुनावमा २ संघ र ४ प्रदेशमा नेपाली काँग्रेसलाई जिताएरै छाड्ने र त्यसको लागि संगठन विस्तार देखि हरेक कुरामा आफू खटिने बताए ।

यस अघि जिल्लामा वडागत रुपमा हेर्दा काँग्रेस तेस्रो पार्टीमा खुम्चेर बसेको थियो । काँग्रेस निकै कमजोर स्थितिमा रहेपनि सभापतिमा उनको आगमन र सिन्धुपाल्चोकको प्रभावशाली नेता पुर्व मन्त्री मोहन बहादुर बस्नेतको दिनरातको मेहेनतको तालमेलले गर्दा २०७९ को स्थानीय चुनाव पश्चात् काँग्रेस नं. १ बनाएका छन ।

१२ स्थानीय तह रहेको जिल्लाको निर्वाचनको सबै नतिजा आईसकेकाे छ । जसलाई मध्यनजर गर्दा काँग्रेसले प्रमुखमा ५, माओवादीले ४ र एमालेले ३ जितेका छन् । त्यस्तै उपप्रमुख तर्फ काँग्रेसले ६ स्थानीय तहमा र ५३ वडामा जित हाँसिल गरेको छ । यसरी हेर्दा सिन्धुमा काँग्रेस पहिलो पार्टी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!