नेपाल कृषि सहकारी जिल्ला संघ सिन्धुपाल्चोकको बैठकले खेतिपातिको सिजन सुरु भइकेको तर रासायनिक मल अभाव रहेको भन्दै तत्काल ध्यान दिन स्थानिय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

आज जिरो किलोमा सम्पन्न भएको बैठकले साे निर्णय गरेकाे हाे ।

बैठकमा जिल्ला अध्यक्ष मित्रलाल चौलागाईले खेतिपातिको सिजन सुरु भइसकेको अवस्थामा जिल्लामा मलको चरम अभाव रहेको भन्दै १२ वटै स्थानिय तहलाई समन्वय गरी यथाशिघ्र मल उपलब्ध गराउन आग्रह गर्ने निर्णय भएकाे बताए ।

त्यस्तै बैठकले जिल्लाका कृषि सहकारीहरुको वार्षिक समिक्षा , कार्यालय व्यवस्थापन लगाएत विभिन्न विषयमा छलफल तथा निर्णय गरिएको चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!