
नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चाेकका निवर्तमान सभापति विकास लामाले गठबन्धनको क्रममा सिन्धुपाल्चोकमा माओवादी केन्द्रले धोका दिएको आरोप लगाएका छन्। लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत साे आराेप लगाएका हुन ।
लामा इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेसँग पराजित भएका थिए । लामाले फेशबुकमा लेखेका छन्, ‘सिन्धुपाल्चोकमा एमाले माओवादी गठबन्धन निकै कसिलो भएको पाइयो। अब हिसाब किताब ६ महिनापछि ब्याज समेत तिरौँला।’
उनले आसन्न संघीय र प्रदेशसभाको निर्वाचनमा अहिलको धोकाको ब्याजसहित तिर्ने चेतावनी दिएका छन्। इन्द्रावती गाउँपालिकामा २०७४ काे चुनावमा कांग्रेसले जितेको थियो । त्यसबेला एमालेका नेपाल नै पराजित भएका थिए ।