मेलम्ची । वर्षायाम सक्रिय हुने संकेत देखा परेपछि मेलम्ची खानेपानी विकास समितिले मौसमबारे परामर्श थालेको छ ।

अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गर्ने योजना बनाइएकाे छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिन सुरु गरिएको छ ।

लगातार वर्षात हुन थाल्नासाथ सुरुङको ढोका बन्द गरिने आयोजनाले जनाएकाे छ । मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम भएकाे र लेदोसहितको बाढीको जोखिम नटरेकाले मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने अवस्था रहेको अधिकारीहरु बताउँछन् ।

१ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ । बढी आएको अवस्थामा सुरुङ बन्द गर्नुपर्ने आयोजनाका प्राविधिकहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!