पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बिभिन्न ५ कार्यको घोषणा गरेका छन् । अध्यक्ष अविभावक कार्यक्रम सञ्चालन गर्ने, विपन्नलाई निशुल्क एम्बुलेन्स जस्ता कार्यक्रमहरूकाे घाेषणा गरेका हुन ।

जेहेन्दार विद्यार्थीहरुलाई एम.वि.वि.एस , पाइलट जस्ता प्राविधिक छात्रवृद्धिका लागि अध्यक्ष अविभावक कार्यक्रम सन्चालनका साथै टुहुरा विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने घोषण गरेका हुन् । यस्तै ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक , अपाङ्ग , एकल महिला ,सुत्केरी महिला र अति विपन्न नागरिकहरुलाई निशुल्क एम्बुलेन्स सेवा तथा पाँचपोखरी प्राथामिक अस्पतालमा निशुल्क उपचारको ब्यवस्था मिलाउने समेत घाेषणा गरेका छन ।

गाउँपालिका स्तरमा वैज्ञानिक भू सेवा सन्चालन गरी मालपोतको रुपमा विस्तार गर्ने , पशु तथा कृषि विमा कार्यक्रम सन्चालन गर्ने जस्ता कामहरुलाई प्राथमिकतामा राखेर काम गर्ने, गाउँपालिका स्तरमा रहेका मुख्य विद्युतिय लाईनहरुमा रहेको नाङ्गो तारलाई विस्थापन गरी केबुलतार विस्तार गर्ने समेत अध्यक्ष लामाले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!