काठमाण्डाै । स्थानीय चुनावमा पार्टीले प्रमुख पदमा उठाएका उम्मेदवारलाई मत नदिने खतरनाक प्रवृत्ति बढेको नेकपा एमालेका नेता शेरबहादुर तामाङले बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो प्रवृत्तिमाथि गम्भिर समीक्षा हुने बताए।

प्रमुखमा मत नहाल्ने तर, तल्लो तहको सेटलाई नै हाल्ने प्रवृत्ति देखिएपछि यस विषयमा छानबिन गर्नका लागि पार्टीले फर्म्याट नै बनाएर जिल्ला तहसम्म पठाइएको तामाङले जानकारी दिए ।

निर्वाचनमा पालिका हुन् वा वडा, तल्लो सेटमा पूरै मत दिने तर मुख्य पदमा मत नदिएको पाइएकाे र साे प्रवृत्ति पार्टीभित्र प्रवेश गर्नुकाे कारणबारे तल्लो तहसम्म गम्भिर समीक्षा हुने तामाङकाे भनाइ छ ।

जिल्ला तहदेखि उक्त फर्म्याटमाथि काम भएर रिपोर्ट आएपछि गम्भिर छलफल हुने तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!