
खाडिचौर । लामोसाँघु जिरी सडक खण्डको २ किलोमा एम्बुलेन्स दुर्घटनामा परेको छ ।
खाडिचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा परि एकजनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा सुनकोसी ७ कि ९९ वर्षीया मनमाया खड्काको मृत्यु भएको हाे ।
सडक छेउको घरमा एम्बुलेन्स पसेर खड्कालाई किच्दा उनकाे मृत्यु भएको हो ।