चाैतारा । सिन्धुपाल्चाककाे अधिकांस बस्तिहरू अझै जाेखिममा रहेका छन । जाेखिममा रहेका बस्तिहरू संरक्षण, बिपद न्युनिकरण र पुर्व तयारीकाे याेजनाहरू अझै बन्न सकेकाे छैन ।

मनसुन सुरू भएसंगै बस्तीहरूमा पहिराे खस्न सुरू भएकाे छ । तर स्थानिय तहहरूले विपद सम्भावित क्षेत्रहरूकाे समेत पहिचान गर्न सकेका छैनन् ।

सिन्धुपाल्चाेकमा बर्सेनि आउने बाढी र पहिराे बाट मानविय क्षति हुनुका साथै अरबाैकाे क्षति हुँदै आएकाे छ । गत साल आएकाे बाढी र पहिराेका कारण बिस्थापित भएका अधिकांस ब्यक्तिहरूले अझै स्थायी बसाेवास पाउन सकेका छैनन । फेरि त्यस्तै बाढी आउने डर स्थानियलाइ छ । “बाढी आए कता सर्नु, टहराे कहाँ बनाउनु, बस्नी, खानी ठाउँ पनि छैन”, हेलम्बुका एक स्थानियले भने ।

सिन्धुपाल्चाेकमा मुख्यगरि मेलम्ची र भाेटेकाेशी बाढीले ठुलाे जनधनकाे क्षति गर्ने गरेकाे छ । “मनसुनकाे पुर्वतयारी तथा प्रतिकार्यकाे याेजनालाई अद्यावधिक गर्दैछाै”, सिन्धुपाल्चाेकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले भने “स्थानिय तहहरूलाई याे याे काम गर्नुपर्छ भनेर पत्र लेखेका छाैँ । नयाँ आएका जनप्रतिनिधिलाई बाेलाएर बैठक बस्ने छाैँ” ।

मनसुन सुरू भइसकेकाे छ । यश बिचमा राहात, उद्वार र ब्यबस्थापनका सामाग्री जुटाउन ढिला गर्न नहुने बिज्ञहरू बताउँछन । विपद पुर्वतयारीकाे थालन नगरे गत बर्षकाे जस्तै बिपत्ति बाट धेरै मानिसकाे हताहत हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!