काठमाण्डाै । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा कतिपय ठाउँमा सत्ता पक्षले बुथ नै कब्जा गरेर चुनाव जितेको आरोप लगाएका छन ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले कतिपय ठाउँमा सत्ता पक्षले बुथ नै कब्जा गरेकाे आराेप लगाएका हुन । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको समेत उनले बताएका छन ।

‘एमालेलाई पत्तासाफ गरिदिने’ सत्ता गठबन्धनको घोषित नीति नै भएको र त्यहीअनुसार निर्वाचन गराइएको ओलीले बताए । निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेकाे उनले बताए । “उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेको छ”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!