
काठमाण्डाै । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गरेका छन ।
आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश पठाउनुको साटो गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाउन दिनुपर्ने बताए ।
यसका लागि संसदमा दर्ता भएको विधेयकलाई कानुनी स्वरूप दिनुपर्ने तामाङको भनाइ छ । कानुन बनेमा हरियो पासपोर्ट च्यापेर विदेशको श्रम बजार जाने युवाहरूलाई हरियो गाँजाको बोट समातेर गाउँमा पठाउने र त्यसले कृषिमा नयाँ क्रान्ति हुने उनले बताए ।