
हेलम्बु । राजधानीबासिलाई पानीको अभाव हुन नदिने सरकारको योजना रहेको खानेपानी मन्त्री उमाकान्त चौधरीले बताएका छन । हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार , अम्बाथानको निरीक्षण गर्दै उनले साे कुरा बताएका हुन ।
मेलम्चीको बिकल्पमा बागमती नदिबाट दैनिक ५ करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान भइसकेको उनले बताए । त्यस्तै सिस्नेरी, ठोस्ने, महादेव खोलाबाट पानी ल्याउने बिषयमा अध्यन भइरहेको मन्त्री चौधरीले जानकारी दिए ।
गेट नम्बर ३९,९,१८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र साे गेट भारतबाट केही दिनमै नेपाल आइपुग्ने चाैधरीले जानकारी दिए । बाढी पहिरोले क्षती नगरोस भनेर अम्बाथान अडिट अगाडी तार ग्याबिन वाल समेत लगाइने भएको छ ।