मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगर भित्रका निर्माणाधीन संरचानाहरुको अनुगमन तथा निरिक्षण गरेका छन । प्रमुख तामाङले निमार्णाधीन १५ सैयाको मेलम्ची नगर अस्पताल तथा बाहुनेपाटी इन्द्रावती करिडोर हुँदै खाल्डेखोला सडकको निरिक्षण गरेका हुन ।

तामाङले द्रुत गतिमा अस्पताल निर्माण नभएको भन्दै ठेकेदारको कामप्रति असन्तुष्टि जनाए । तामाङले तिन दिनभित्र नतिजा आउनेगरी काम गर्नसमेत निर्देशन दिए ।

२ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य अनुरुप कार्यतालिका अनुसार काम नभएको भन्दै कार्यतालिका अनुसार काम गर्न समेत उनले सुझाव दिए । बर्खाको समयमा पनि जनताहरुलाई सहज आवतजावतको सुविधा प्रदान गर्नकालागि काम भइरहेको बताइएकाे छ ।

अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल, भवन शाखाका प्रमुख इन्जिनियर जित बहादुर कार्कि, लेखा अधिकृत मुरारी पुडासैनी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!