सुनकाेशी । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित चक्रबहादुर बस्नेतले वडामा अक्षयकोषको स्थापना गरेका छन् ।

मतदाताहरुलाई भोज गर्दा हुने खर्च कटाएर बस्नेतले भोजमा खर्च हुने करिब २ लाख रुपैयाँ राखेर अक्षयकोषको सुरुवात गरेका हुन । बस्नेतले चुनाव जितेपछि कतै पनि भोज नगरि सबै बस्तीमा पुगेर मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन ।

अक्षयकोष सञ्चालन गर्न कार्यविधि नै बनाएर काम गर्ने उनले बताए । आफूले सुरुमा दुई लाखबाट सुरु गरेको र अन्य कोषहरुमा समेत क्रमशः रकम थप भइरहेको वडाध्यक्ष बस्नेतले बताए । आफूलाई जनप्रतिनिधि भएवापत प्राप्त हुने सबै भत्तालगायत अन्य रकमसमेत सोही अक्षय कोषमा जम्मा गर्दै जाने बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!