
पाँचपाेखरी थाङपाल गाँउपालिकाकाे कार्यपालिका सदस्यहरु निर्विराेध निर्वाचित भएका छन । दलित वा अल्पसङ्ख्यक सदस्य तथा महिला सदस्य निर्विराेध निर्वाचित भएका हुन ।
गाउँपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्य (गाउँ कार्यपालिका) पदको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विमला विश्वकर्मा र टासी शेर्पा निर्विराेध भएका हुन ।
त्यस्तै गाउँपालिकाकाे महिला सदस्य (गाउँ कार्यपालिका) पदको निर्वाचनमा निर्विरोध निर्वाचित भएका छन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम उनिहरू निर्विरोध निर्वाचित भएका हुन ।
निर्वाचित हुने महिला सदस्यहरू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार रीता तामाङ, लक्ष्मी तामाङ, कल्पना पण्डित र लक्ष्मी तामाङ रहेका छन ।