आज सम्पन्न बलेफी गाउँ कार्यपालिकामा काँग्रेसले ८१% मतका साथ बिजय हाँसिल गरेको छ । गएको स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट गाउँ सभा सदस्यमा उपाध्यक्ष सहित २६ जनाले जितेका थिए । त्यस्तै माओवादी र एमालेबाट संयुक्त गरि गाउँ पालिका अध्यक्ष सहित २ वडा जितेका थिए । यी दुई दल मिलेर १६ जना गाउसभा सदस्य विजयी भएका थिए ।

काँग्रेसको २६ र माओवादी एमालेको १६ गरि ४२ जना मध्येबाट गाउँ कार्यपालिकामा ४ निर्वाचित सदस्यबाट र २ मनोनीत गरि ६ जना सबै काँग्रेसबाटै जितेका छन् । यसरी हेर्दा १६ जनाको कार्यपालिका सदस्यमा १३ जना काँग्रेसको उपाध्यक्ष सरु लामा तामाङ, १ का वडा अध्यक्ष हुप बहादुर खड्का, २ का छविलाल न्यौपाने, ३ का रितेश तामाङ, ५ का यादव ठकुरी, ७ का गृविन्द्र चौलागाईं र ८ का रमेश कुमार श्रेष्ठ त्यस्तै आज सम्पन्न कार्यपालिका चुनाबबाट अल्पसंख्यकबाट समिक्षा भुजेल, दलितबाट गणेश सुनार, निर्वाचित सदस्यहरुबाट रश्मि तामाङ, इश्वरी भण्डारी, देवकी भुजेल र कविता काफ्ले गरि ६ जना निर्वाचित भएका छन् ।

त्यस्तै माओवादीको गाउँ पालिका अध्यक्ष गंगा बहादुर तामाङ र ४ नं. वडाका अध्यक्ष सुर्जे (जागरण) तामाङ तथा एमालेको वडा नं. ६ का अध्यक्ष तेजबहादुर पराजुली गरि ३ जना भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!