
इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपामा एक घर, एक धारा’ निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले साे खानेपानीको उद्घाटन गरेका हुन् ।
शनिबार भएकाे खानेपानीको उद्घाटन कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष झम्क नाथ नेपाल, नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र घिमिरे र निवर्तमान वडाअध्यक्ष जीवन कुमार थापा मगरको उपस्थिति रहेकाे थियाे । जिल्ला खानेपानी आयोजना र ज्याफ्स इन्टरनेसनलको समन्वयमा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको हाे ।
दलित, जनजाती तथा विपन्न वर्गको बसोबास भएकाे उक्त बस्तीमा खानेपानी झरेपछि स्थानीयहरुको वर्षौंदेखिको खानेपानीकाे समस्या समाधान भएको छ । घरमा नै धारा भएपछि घर गृहस्थीकाे काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेकोमा स्थानीय हर्शीत भएका छन ।