
चौतारा साँगाचोकगढी नगरपालिकाको नगर कार्यपालिकाको सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त वाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन ।
निर्वाचित दलित/ अल्पसंख्यक सदस्यहरूमा गणेश वि क, रोजिना घतानी र सृजना वि क रहेका छन ।
त्यस्तै निर्वाचित खुल्ला महिलामा सानुमाया गुरुङ्ग, खेल कुमारी कार्की, सीता पौडेल, मनिषा वि क र शर्मिला वि क रहेका छन ।