
विश्वमा त्रासको विषय बनिरहेको मंकीपक्स भाइरसका बारेमा स्वास्थ्यमन्त्रालयले सचेतनामूलक सामग्री प्रकाशनमा ल्याएको छ। सरुवा रोग भए पनि हालसम्म यो रोग नदेखिए पनि विश्वका धेरै मुलुकमा देखा परेकाले आम नागरिकमा सचेतना ल्याउने उद्देश्यले जानकारीमूलक सूचना प्रवाह गरिएको मन्त्रालयले जनाएको छ।
यो रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने र भाइरस श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छालामार्फत् सर्नसक्ने जनाइएको छ।
यस्तै, बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो फैलनसक्ने बताइएको छ।
यस्ता छन याे राेगका लक्षण
• ज्वरो आउनु
• सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु,
• अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु
• डाबर परिवर्तन भई फोका हुँदै पाप्रा देखा पर्नु
• टाउको ढाड र मांसपेशी दुख्नु
• शरीरका ग्रन्थी बढ्नु
• लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र सामान्यता आफैं हराउँछ।
• सम्भाविता जटिलता
• बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई निम्त जटिलता हुनसक्छः
• आँखामा संक्रमण र दृष्टि गुम्नु
• अन्य जीवाणुको संक्रमण
• न्युमोनिया
• मस्तिष्क ज्वर
• गर्भ खेर जानु
• मृत्यु