
चाैतारा । सिन्धुपाल्चोक जिल्लाका १२ पालिकाहरु मध्ये संघिय सरकार बाट प्राप्त गर्ने अनुदानमा सबैभन्दा बढी चाैतारा साँगाचाेकगढी नगरपालिकाले प्राप्त गर्ने भएकाे छ । चाैतारा साँगाचाेकगढी नगरपालिकाले सबैभन्दा बढी ६५ करोड ६८ लाख प्राप्त गर्ने भएकाे हाे ।
त्यस्तै मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गर्ने भएकाे हाे । सिन्धुपाल्चाेकमा ३ नगरपालिका रहेकाेमा नगरपालिका मध्येमा बाह्रबिसे नगरपालिकाले सबैभन्दा कम रकम प्राप्त गर्ने भएकाे हाे ।
गाउँपालिकामा सबैभन्दा बढी अनुदान प्राप्त गर्ने पालिकामा इन्द्रावती गाउँपालिका रहेकाे छ । इन्द्रावतीले ४४ करोड ८ लाख प्राप्त गर्ने भएकाे हाे । त्यस्तै सबैभन्दा कम अनुदान प्राप्त गर्ने पालिकामा भोटेकोशी गाउँपालिका रहेकाे छ । भाेटेकाेशीले २६ करोड ८ लाख प्राप्त गर्ने छ ।
नगरपालिकाहरूमा : १. बाह्रबिसे नगरपालिका ३७ करोड ७२ लाख, २. चौतारा साँगाचाेकगढी नगरपालिका ६५ करोड ६८ लाख, ३. मेलम्ची नगरपालिका ६२ करोड ५ लाख ।
गाउँपालिकाहरूमा : ४. भोटेकोशी गाउँपालिका २६ करोड ८ लाख, ५. त्रिपुरासुन्दरी गाउँपालिका २७ करोड २४ लाख, ६. लिसंखुपाखर गाउँपालिका ३० करोड ८३ लाख, ७. सुनकोशी गाउँपालिका ३६ करोड ३१ लाख, ८. बलेफी गाउँपालिका ३३ करोड ९५ लाख, ९. जुगल गाउँपालिका ३३ करोड ८२ लाख, १०. इन्द्रावती गाउँपालिका ४४ करोड ८ लाख, ११. पाँचपोखरी थाङ्पाल गाउँपालिका ३३ करोड १ लाख १२. हेलम्बु गाउँपालिका ३० करोड ।