
मेलम्ची । मेलम्ची संरक्षणकाे लागि बजेट नपरेकाेमा नेकपा एमालेका नेता तथा सिन्धुपाल्चाेकका सांसद शेर बहादुर तामाङले खेद ब्यक्त गरेका छन । मेलम्चीको बाढी बारेमा पटक पटक पहल गर्दा पनि नेपाल सरकारले नीति तथा कार्यक्रममा बाढीपछिकाे मेलम्ची संरक्षणकाे कुनै याेजना नल्याएकाेमा तामाङले खेद ब्यक्त गरेका हुन ।
“मेलम्चीको बाढी बारेमा हामीले पटक पटक पहल गर्दा पनि नीति तथा कार्यक्रममा आएन, बजेटमा पनि आएन”, तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन ।
“मेलम्ची खानेपानी बिकास समिति पनि बिघटन गरेकोले अब गठबन्धन सरकार मेलम्चीको पानी र थप याङ्ग्री र लार्केको पानी पनि जबरजस्ती लाने नियतमा लागेको देखियो”, तामाङले भने ।
“मेलम्ची खानेपानी बिकास समिती नै विघटन गरेकोले सामाजिक उत्थान कार्यक्रमहरु पनि विघटन भएको हुनसक्दछ”, तामाङले भने “यस्तो गहन विषयमा बजेटमा ध्यान नपुर्याउनु सिंगो सिन्धुपाल्चोक मेलम्ची, हेलम्बु, पाँचपोखरी र ईन्द्रावती क्षेत्रका जनताको अपमान हो सबै जनताको तर्फबाट खेद ब्यक्त गर्दछु” ।