बाह्रबिसे । बाह्रबिसे नगरपालिकाका माओवादी केन्द्रका मेयरका उम्मेदवार बुद्धराज बस्नेतले पार्टी छाडेका छन्‌ । बाह्रबिसे नगर कमिटीले पार्टी हितविपरीत काम गरेको भन्दै माथिल्लो निकायमा कारबाहीको सिफारिस गरेपछि बस्नेतले पार्टी छाडेका हुन्‌ ।

उनी माओवादी केन्द्रबाट बाह्रबिसे नगरपालिकाे प्रमुखमा उठेका थिए । आफुले पार्टीकाे हित बिपरित कार्य नगरेकाे र पार्टीको हित बिपरित कार्य गरेकाे प्रमाणित गर्न चुनौती समेत दिएका छन ।

नेतृत्वमा बस्नेले आफनो लाज छोप्नको निम्ति समिक्षा बैठक नै नबसी एक तर्फी रुपमा अरु लाई दोष थुपारेर आफू पन्छिन खोजेको समेत बस्नेतले बताए ।

उनले आजको दिन बाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को कुनै पनि जिम्मेवारीमा नरही साधारण सदस्य समेत नरहने जानकारी गराएका छन ।

आफुले पार्टीको संगठन निर्माणमा दिन रात धन सम्पत्ति नभनी लाग्दा पनि पार्टी हित विपरीत कार्य गरेकाे आराेप आएकाे बस्नेतले बताएका छन । २०७९ को स्थानीय निर्वाचनमा पार्टीको मत कम आउनुको कारण यसरी खुलाए :

१, पार्टीको जिम्मेवार नेता कार्यकर्ताहरु पार्टी छोडी अन्य पार्टीमा जानु ।
जस्तै :
• वडा नम्बर १ का पार्टीको सक्रिय कार्यकर्ता पार्टी छोडी स्थानीय निर्वाचन २०७९ मा एमालेको वडा अध्यक्षको उमेदवार हुनु ।

• वडा नम्बर ३ का २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्षका उमेदवार तथा नगर कमिटीको सह इन्चार्ज २०७९ मा एमालेको वडा अध्यक्षको उमेदवार हुनु ।

• वडा नम्बर ४ का २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्षको उमेदवार अहिले एमाले जानु ।

• वडा नम्बर ७ का २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्षको उमेदवार तथा नगर कमिटीको अध्यक्ष २०७९ मा एमालेको वडा अध्यक्षको उमेदवार हुनु ।

• वडा नम्बर ९ का २०७४ को स्थानीय निर्वाचनमा वडा सदस्यको उम्मेदवार २०७९ मा एमालेको वडा अध्यक्षको उमेदवार हुनु ।

२, पार्टीको नेतृत्व हुँ भन्ने हरु निर्वाचन अगाडि निदाएर बस्नु र संगठन बिस्तारमा वास्ता नगर्नु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!