मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । हिजो बिहानदेखि बेपत्ता भएर आज बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार रहेको नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका हुन् ।

महतोका अनुसार उक्त विमानमा मिथिला नगरपालिका– ११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए ।

उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!